सुन तोलामा ३८०० घट्यो भने चाँदी १५० रुपैयाँ, कतिमा भइरहेको छ कारोबार ?

आज मंगलबार बहुमुल्य धातु सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मुल्य पनि प्रतितोला १५० रुपैयाँ घटेर ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमाबर चाँदीको मुल्य तोलाको ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो।