तोलामा ३ हजार ४ सयले महँगियो सुन, चाँदीमा १३५ को वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ३ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९६ हजार १०० रुपैयाँ कायम भएको छ ।
काठमाडौं । मंगलबारदेखि निरन्तर घटेको सुनको मूल्य नेपाली बजारमा शुक्रबार भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ३ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९६ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार भने सुन २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १३५ रुपैयाँ बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य ४ हजार ९४५ पुगेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।