राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी
बिहीबार उनले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । बिहीबार उनले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । जारी गरिएको ‘सहकारी अध्यादेश, २०८३’ ले मुख्यतः बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई कडा नियमनको दायरामा ल्याउने लक्ष्य राखेको छ । अध्यादेशमा समस्याग्रस्त सहकारीका सदस्यहरूको बचत रकम तत्काल फिर्ता गर्न ‘चक्रीय राहत कोष’ स्थापना गर्ने र यस्ता संस्थाहरूले अनिवार्य रूपमा कार्य सञ्चालन इजाजतपत्र लिनुपर्ने व्यवस्था गरिएको छ । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था सहितका अन्य ५ वटा अध्यादेशहरू भने हाल राष्ट्रपति कार्यालयमा ‘होल्ड’ मा रहेका छन् ।