बुक बिल्डिङ विधिमा सहभागी हुन चाहने संस्थागत लगानीकर्तालाई दर्ता आह्वान, १० हजारमा दर्ता र ५ हजारमा नवीकरण

नेप्सेले जारी गरेको सूचनाअनुसार नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त संस्थागत लगानीकर्ताले तोकिएको शुल्क बुझाएर दर्ता हुनुपर्नेछ ।


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुक बिल्डिङ विधिमा सहभागी हुन चाहने संस्थागत लगानीकर्ताहरुलाई दर्ता तथा नविकरण गर्न आग्रह गरेको छ । नेप्सेले जारी गरेको सूचनाअनुसार नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त संस्थागत लगानीकर्ताले तोकिएको शुल्क बुझाएर दर्ता हुनुपर्नेछ । साथै, यसअघि दर्ता भइसकेका लगानीकर्ताले पनि वार्षिक नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । पहिलोपटक दर्ता हुने संस्थागत लगानीकर्तालाई १० हजार रुपैयाँ दर्ता शुल्क तथा दर्ता भईसकेकालाई ५ हजार शुल्क तोकिएको छ ।

शुल्क ग्लोबल आइएमई बैंकमा रहेको नेप्सेको खातामा जम्मा गर्नुपर्नेछ। रकम जम्मा गरेको बैंक भौचर इमेलमार्फत पठाउनुपर्ने नेप्सेले जनाएको छ । बुक बिल्डिङ विधिमा संस्थागत लगानीकर्ताको सक्रिय सहभागिता सुनिश्चित गर्न यो व्यवस्था गरिएको नेप्सेले स्पष्ट पारेको छ ।


प्रकाशन भएका दस्तावेजहरू

69f3129d351a3_1777537693.pdf