हिमालयन रिइन्स्योरेन्ससँगै आठ कम्पनीका संस्थापक सेयरधनीलाई सम्पत्ति शुद्धीकरण विभागले माग्यो विवरण
यो सूचना अनुसार संस्थापक सेयर खरिद गर्नेहरूले चुक्तापुँजी बापत कम्पनीमा बुझाएको बाहेक अतिरिक्त शुल्क (प्रिमियम) वापत विभिन्न व्यक्ति तथा संस्थाहरूको बैंक खातामा बुझाएको रकमको विवरण विभागलाई १५ दिनभित्र बुझाउनुपर्नै छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसुन्धान विभागले विवादित व्यवसायी दीपक भट्टको लगानी रहेको हिमालयन रिइन्स्योरेन्ससँगै ७ वटा माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीसँग विवरण माग गरेको छ । नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सको संस्थापक लगानीको विषयमा विभागले अनुसन्धान गर्ने भएको हो ।
यो सूचना अनुसार संस्थापक सेयर खरिद गर्नेहरूले चुक्तापुँजी बापत कम्पनीमा बुझाएको बाहेक अतिरिक्त शुल्क (प्रिमियम) वापत विभिन्न व्यक्ति तथा संस्थाहरूको बैंक खातामा बुझाएको रकमको विवरण विभागलाई १५ दिनभित्र बुझाउनुपर्नै छ । खासगरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भइरहेको यी कम्पनीहरूको लगानीका सम्बन्धमा अध्ययन प्रयोजनका लागि विवरण आवश्यक परेकाले तोकिएका कम्पनीहरूका संस्थापक लगानीकर्ताहरूसँग विवरण माग गरिएको विभागले सूचनामा भनेको छ ।
बीमा प्राधिकरणबाट अनुमति प्राप्त गर्ने समयमा उल्लेखित कम्पनीहरूमा संस्थापक सेयर खरिद गर्ने संस्थापक सेयर खरिद गर्ने महानुभावहरूले चुक्ता पुँजीबापत कम्पनीमा भुक्तानी गरेको वाहेक अतिरिक्त शुल्क ९प्रिमियम० वापत विभिन्न व्यक्ति तथा संस्थाहरूको बैक खातामा बुझाएको रकमका हकमा के कति रकम को कसको नाममा रहेको, के कति नम्बरको, के, कुन बैंक तथा वित्तीय संस्थाको खातामा, के कुन जम्मा गरेको हो रु भन्ने समेतका विवरण फरक नपर्ने गरी विवरण बुझाउन विभागले अनुरोध गरेको छ ।