नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार पौडेलले दिए राजीनामा

पौडेलले गत चैत २० गतेदेखि लागू हुनेगरी अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक समिति अध्यक्ष सुरेन्द्र कुमार पौडेलले पदबाट राजीनामा दिएका छन् । पौडेलले गत चैत २० गतेदेखि लागू हुनेगरी अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामा वैशाख १ गते अर्थमन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको हो । नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालय पठाएको छ ।