कागजातमा ‘माननीय’ सम्बोधन नगर्न रास्वपाका सांसदलाई निर्देशन

जारी संसदीय दलको बैठकमा रास्वपाले सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन पनि निर्देशन दिएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लेटरहेड र कार्डलगायत कागजातमा ‘माननीय’ शब्द नलेख्न निर्देशन दिएको छ । जारी संसदीय दलको बैठकमा रास्वपाले सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन पनि निर्देशन दिएको छ । 

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अनौपचारिक रूपमा बसेको बैठकमा यस्तो निर्देशन दिइएको प्रवक्ता मनिष झाले जनाएका छन् । 

त्यस्तै, पार्टीले सांसदहरूलाई सल्लाहकारको अभ्यास गर्ने र सकेजति सुझाव सल्लाह लिएर अगाडि बढ्न आग्रह गरेको छ । साथै निर्देशनविपरित कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाही गर्ने रास्वपाको चेतावनी छ ।