नेप्सेमा २६ अंकको गिरावट, कारोबार भने ६ अर्ब ५२ करोड माथि

बैंकहरुको नाफाले छोएन सेयर बजार

आज दिनभरिमा ३४९ कम्पनीको १ करोड ४० लाख १३ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड माथिको सेयर कारोबार भएको छ ।

काठमाडौँ । बैंकहरुको नाफा उच्च दरमा बढे पनि त्यस्को प्रभाव सेयर बजारमा भने परेन । मंगलबारसम्म बैंक तथा वितिय सस्थाहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको वित्तीय विवरण उत्साहजनक निकालेका थिए । तर सेयर बजारमा भने त्यसको प्रभाव देखिएन अझ सेयर बजार सुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अकले घट्यो । दोस्रो कारोबार दिन मंगलबार २६.१६ अकले घटेर २७७०.२६ बिन्दुमा झर्यो जबकी वाणिज्य बैंकहरुको खुद नाफा १९ प्रतिशत र राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा ४९ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक भएको थियो । उत्साहजनक वित्तीय विवरणका बावजुत बैंकिङ समूह ०.८४ र विकास बैक समूह १.२२ प्रतिशले घट्यो । 

आज दिनभरिमा १ करोड ४० लाख १३ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड माथिको सेयर कारोबार भएको छ । सोमबार भने ४ अर्ब ७४ करोड रुपैँयाको कारोबार भएको थियो । 

आज हिमालयन बैंक बोन्ड २०८६ का इकाईधनीले सबैभन्दा धेरै ६ प्रतिशत लाभ कमाएका छन् । शाइन रेसुङ्गा डिबेञ्चरका इकाईधनीले ३.४० प्रतिशत र सानिमा डिबेञ्चरका इकाईधनीले ३.१७ प्रतिशत लाभ आर्जन गरेका छन् ।

यता कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै १४.९९ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज सबैभन्दा धेरै पाल्पा सिमेन्ट इन्डष्ट्रिजको सेयर कारोबार भएको छ । आज सो कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको हो । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३४ करोड ६८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।