भीष्मराज आङ्देम्बे काँग्रेस संसदीय दलको नेतामा सर्वसम्मत चयन
सोमबार कांग्रेस संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेताका रूपमा चयन गरेको हो ।
काठमाडौं । कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध चयन भएका छन् । सोमबार कांग्रेस संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेताका रूपमा चयन गरेको हो ।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी सभापति गगनकुमार थापाको प्रस्तावमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।
यसअघि मोहन आचार्य र अर्जुननरसिंह केसीको नामसमेत चर्चामा रहे पनि अन्तिममा आङ्देम्बेको नाममा सहमति जुटेको हो ।