नेप्से २८ सयमुनि, कारोबार रकम ५ अर्ब ९ करोडमा सीमित

आज नेप्से परिसूचक १७.०१ अंक घटेर २७८७.१५ विन्दुमा झरेको छ । आज दिनभरिमा ३४८ कम्पनीको १ करोड १३ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९ करोडको कारोबार भएको छ ।

काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्लो तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक १७.०१ अंक घटेर २७८७.१५ विन्दुमा झरेको छ । आज दिनभरिमा ३४८ कम्पनीको १ करोड १३ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९ करोडको कारोबार भएको छ । बुधबार भने ७ अर्ब ८१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । 

आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । पछिल्ला दिनहरुमा निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयरमूल्य भने आज सर्वाधिक ११.७९ प्रतिशत घटेको छ ।

 आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने सोलु हाइड्रोको २६ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको हो । 

 आज ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१६ कम्पनीको घटेको छ भने ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।