धितोपत्र बोर्ड अध्यक्ष सिफारिस गर्न गुणाकर भट्टको नेतृत्वमा समिति गठन
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गरेको हो ।
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गरेको हो ।
उक्त समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवन दाहाल सदस्य तोकिएका छन्। यसअघि बोर्डमा रहेका सन्तोषनारायण श्रेष्ठले वैशाख ४ गते राजीनामा दिएका थिए ।