२१५ कम्पनीको मूल्य घट्दा ४८ को बढ्यो, कारोबार रकममा सामान्य सुधार

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरि कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब १५ प्रतिशत बढेको छ ।

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापनक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक घटेर बन्द भएको छ । सोमबार १३.१७ अंकले घटेको नेप्से मंगलबार १८'१० अंकले घटेको हो ।

मंगलबार नेप्से २८०७.१२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०७ अंक, फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंकले घटेका छन् । समग्रमा बजार ओरालो लाग्दा २ सय १५ कम्पनीको मूल्यमा गिरावट आएको छ । मंगलबार ४८ कम्पनीको मूल्य भने बढेको छ । साम्हिक लगानी कोष र बिेन्चरबाहेक २ सय ६( कम्पनीको सेयर कारोबार हुँदा ६ कम्पनीको मूल्य भने स्थिर छ ।

घटेको बजारमा पनि मंगलबार ३ कम्पनीको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरि कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब १५ प्रतिशत बढेको छ भने एशियन हाइड्रोपावरको सेयरमूल्य करिब ११ प्रतिशत र होटल फरेष्ट इनको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ । मंगलबार दोल्ती पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ८.७१ प्रतिशतले घटेको छ ।

अधिकास कम्पनीको मूल्य घटेको बजारमा मंगलबार कारोबार रकम भने सामान्य बढेको छ । सोमबार ५ अर्ब ४३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा मगलबार ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार रुपैयाँबराबरको १ करोड ३० लाख १९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

कारोबार रकमका आधारमा मंगलबार सोलु हाइड्रोपावर शीर्ष स्थानमा छ र सोलुको ३७ करोड ७ लाख ३५ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । सोलुलाई पछ्याएको रिलायन्स स्पिनिङ्ग मिल्सको ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ । नेप्सेमा वर्गिकृत १३ उपसमूहमध्ये होटल तथा पर्यटनको मात्रै सूचक बढेको छ ।