बजेट निर्माणमा प्रधानमन्त्री शाहको सक्रियता, अर्थसहित योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल

छलफलमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टलगायतको सहभागिता छ । बैठकमा नेपाल सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, योजना तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको को सचिवालयले जनाएको छ । ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बजेट निर्माणमा ध्यान केन्द्रित गर्दै विभिन्न पक्षहरुसँग छलफलमा जुटेका छन् । 

पहिलो चरणमा मंगलबार प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग संयुक्त छलफल गरेका हुन् ।