मंगलबार सुन तोलामा १६०० बढ्दा चाँदी ३० रुपैयाँ घट्यो, कतिमा भईरहेको छ कारोबार ?
मंगलबार सुन प्रतितोला एक हजार ६०० रुपैयाँले बढेर तीन लाख एक हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला एक हजार ६०० रुपैयाँले बढेर तीन लाख एक हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
नेपाली बजारमा सोमबार सुन प्रतितोला दुई लाख ९९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो भने चाँदी प्रतितोला पाँच हजार १९० रुपैयाँमा खरिदबिक्री भएको थियो।