सोपान फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कम्पनीले आम सर्वसाधारणका लागि गत वैशाख ३ गतेदेखि ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

काठमाडौं   सोपान फर्मास्युटिकल्सको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत वैशाख ३ गतेदेखि ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत फागुन १७ गते अनुमति पाएको थियो । सो मध्येबाट कम्पनी २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र १ लाख ७१ हजार ६०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी राखी आम सर्वसाधारणमा आईपीओ जारी गरेको हो ।  

सर्वसाधारणले यो आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म माग गर्न सक्नेछन् । 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।