१५ प्रतिशत सर्किटको नयाँ व्यव्स्था, ३ कम्पनीमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) ले आज देखि लागू गरेको सेयर बढ्दा वा घट्दा कम्पनीको हकमा व्यवस्थाको असर ३ कम्पनीमा परेको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्ट मा १५ प्रतिशतको वृद्धि देखिएको छ । यसअघि नेप्सले सेयर बढ्दा वा घट्दा कम्पनीको हकमा १० प्रतिशतको सीमा तोकिएको थियो । नेप्सेले सरोकारवालाहरुसँग पर्याप्त छलफल नगरि नयाँ व्यव्स्था लागू गरेको भन्दै लगानीकर्ताले असन्तुष्टि जनाएको छन् । त्यसको असर नेप्सेमा पनि परेको छ । साताको पहिलो कारोबार दिन सोमबार मध्यान्ह सम्ममा नेप्से सुचक १८.५७ ले घटेको छ । पछिल्लो समय शक्तिशाली सरकार बने पनि लगानिकर्ताहरु नयाँ सरकार प्रति आस्वस्थ हुन नसक्दा बजारले सकारात्मक गति समाउन सकिरहेको छैनन् । तद्यापि कारोबार विनियमावली धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ को नयाँ प्रावधानले सुरुवाति कारोबार गर्ने कम्पनीहरुलाई भने फाइदा पुग्ने छ । यसअघि हरेक दिन १० प्रतिशत मूल्य बढ्ने अवस्थाबाट १५ प्रतिशत मूल्य बढ्ने अवस्थामा पुगेको छ । यसले सुरुवाती कारोबार गर्ने कम्पनीहरुको मूल्य 'टप लेबल' मा छिटो (थोरुै कारोबार दिन) मा पूग्ने छ । उता नेप्सले दैनिक उतार चढावको सीमा समेत कारोबार नियामवली मार्फत ससोधन गरेकाले अब देखि कारोबार स्थगान र बन्द गर्ने अवस्था भने निकै कम मात्रामा आउने छ ।

के छ नयाँ व्यव्स्थामा?