एभरेष्ट कलरले वैशाख १६ गतेदेखि वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ निष्कासन गर्दै

कम्पनीले वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ७ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

काठमाडौं । एभरेष्ट कलरले बैशाख १६ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ७ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।  

यसका साथै सिडिएस एण्ड क्लियरिङ्गको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन बन्द छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गते हुनेछ ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल रहेको छ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।