यस्तो छ सन्तोषनारायण श्रेष्ठले धितोपत्र बोर्डको अध्यक्षबाट राजीनामा दिनुको कारण

काठामाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा घोषणा गरेका छन् । श्रेष्ठले शुक्रबार बसेको बोर्डको सञ्चालक समितिबैठकमा अध्यक्ष श्रेष्ठले पदबाट राजीनामाको घोषणा गर्दै विदा भएका छन् ।

बोर्डमा श्रेष्ठले पदबाट राजीनामा दिन लागेको जानकारी गराउँदै मन्त्रालयमा पनि राजीनामा बुझाउँने जनाएका छन् । 

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्वीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभिन्न सार्वजनिक कम्पनीकोरकम दुरुपयोग गरेको अभियोगमा अनुसन्धा भइरहेको छ । अनुन्धानको शिलशिलामा बोर्ड अध्यक्षमाथि पनि अनुसन्धान हुने सम्भावना देखिएपछिउनले राजीनामा दिएर मार्गप्रसस्त गरेका हुन् ।

रास्वपाले अघिल्लो सरकारका पालामा नियुक्ति लिएकाहरुले राजीनामा दिएर मार्गप्रसस्त गर्न आग्रह गरेको थियो । श्रेष्ठलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ मंसिर तेस्रो साता बोर्ड अध्यक्षमा नियुक्ति गरेको थियो ।