धितोपत्र बोर्डले एकैदिन दियो ३ कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति

बोर्डले २०८३ वैशाख २ गते एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई आईपीओ जारी गर्ने अन्तिम स्वीकृति प्रदान गरेको हो ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीनवटा कम्पनीलाई सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न पूर्व-स्वीकृति प्रदान गरेको छ । बोर्डले २०८३ वैशाख २ गते एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई आईपीओ जारी गर्ने अन्तिम स्वीकृति प्रदान गरेको हो ।

बोर्डको निर्णयअनुसार एभरेष्ट कलर लिमिटेडले प्रति सेयर १०० रुपैयाँ अंकित दरका ७ लाख २० हजार कित्ता सेयर निष्कासन गर्नेछ, जसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, २५ लाख ८० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइएमबि एस क्यापिटल लिमिटेडले पाएको छ ।

यसैगरी, सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई पनि १०० रुपैयाँ अंकित दरकै ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको छ । यस कम्पनीको सेयर निष्कासन प्रक्रिया ग्लोबल आइएमई क्यापिटल लिमिटेडले अगाडि बढाउनेछ । धितोपत्र बोर्डबाट विवरणपत्र प्रकाशनको अनुमति पाएसँगै अब यी कम्पनीहरूले छिट्टै सेयर निष्काशनको मिति तय गरी सार्वजनिक आह्वानपत्र जारी गर्नेछन् ।