एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि गत चैत २६ गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।
काठमाडौं । एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि गत चैत २६ गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले दोस्रो चरणमा कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ बिक्रीमा ल्याएको हो । यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ९४ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सि-आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रयोग गरेर आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल रहेको छ ।