एनएमबी सरल बचत फन्ड–इको आकार १० अर्ब पुर्‍याउन स्वीकृति

एनएमबि ५० को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति १ अर्ब ३६ करोड कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) १० रुपैयाँ ८६ पैसा रहेको छ ।

काठमाडौं । इक्रा नेपालले एनएमबि क्यापिटल लिमिटेडको फन्ड मेनेजमेन्ट क्वालिटी रेटिङ (एफएमक्यूआर) रेटिङ्ग (इक्राएनपी) एएमसी २ं मा स्तर वृद्घि वा अपग्रेड गरेको छ । यो मूल्याङ्कनले कोष व्यवस्थापनको गुणस्तरमा उच्च विश्वसनीयता रहेको स्थितिलाई जनाउदँछ । यस सँगै एनएमबि क्यापिटल यस क्षेत्रमा सबैभन्दा उच्च रेटिङ्ग प्राप्त गर्ने कम्पनी बनेको छ । 

कोष प्रवर्द्धक एनएमबि बैंक लिमिटेड र योजना व्यवस्थापक एनएमबि क्यापिटलको एनएमबि म्युचुअल फण्ड अन्तर्गत हाल तीन बन्दमुखी र एक खुलामुखी योजना सञ्चालनमा रहेको छन् ।

एनएमबि ५० को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति १ अर्ब ३६ करोड कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) १० रुपैयाँ ८६ पैसा रहेको छ । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –२ को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति १ अर्ब ४९ करोड कायम रही खूद सम्पत्ति मूल्य (एनएभी) १२ रुपैयाँ २० पैसा रहेको छ । एनएमबि हाइब्रिड फण्ड एल–२ को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति रु १.४७ अर्ब कायम रही खूद सम्पत्ति मूल्य (एनएभी) १० रुपैयाँ ७५ पैसा रहेको छ । 

“एनएमबि सरल बचत फण्ड –इ” नामल खुलामुखी योजनाको २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति ४ अर्ब ७३ करोड कायम रही खूद सम्पत्ति मूल्य (एनएभी) ११ रुपैयाँ ०१ पैसा रहेको छ ।

यस योजनाको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी)अन्तर्गत हाल ५५ हजारभन्दा बढी लगानीकर्ताहरुको सहभागिता रहेको छ र यो संख्या क्रमिक रुपमा वृद्धि भइरहेको छ । योजनाको आकार २०८२ चैत २६ गते ४ अर्ब ९४ करोड पुग्न सफल भएको छ । साथै यस योजनाको आकार १० अर्ब रुपैयाँ कायम गर्न धितोपत्र बोर्डबाट चैत ८ मा स्वीकृति प्राप्त गरेको छ । 

योजनाको आकार वृद्घि नेपाल धितोपत्र बोर्डको माघ २ मा बीज पुँँजी सम्बन्धमा जारी गरिएको परिपत्र बमोजिम रहेको छ । एसआईपीमा बढदो आकर्षण र हालै आकार वृद्घिकालागि प्राप्त स्वीकृतिले यस योजनाको पहुँज र प्रभावलाई उल्लेखनीय रुपमा विस्तार गर्न मद्दत पुग्ने देखिन्छ ।