एक यात्रुका लागि बढीमा तीन जनामात्रै बिदाइमा आउन विमानस्थलले फेरि गर्यो आग्रह

एक यात्रुको बिदाइमा १० जनासम्म विमानस्थल पुग्दा विमानस्थल हाताभित्र अत्यधिक भिडभाड हुने गरेको भन्दै कम आफन्त आएर सहयोग गर्न विमानस्थल प्रशासनले अनुरोध गरेको हो ।

काठमाडौं । नेपाल नागरिक उड्डयन, त्रिभुवन विमानस्थल कार्यालयले एक यात्रुको बिदाइमा बढीमा तीन जनासम्म मात्र आउन पुनः सूचित गरेको छ ।

एक यात्रुको बिदाइमा १० जनासम्म विमानस्थल पुग्दा विमानस्थल हाताभित्र अत्यधिक भिडभाड हुने गरेको भन्दै कम आफन्त आएर सहयोग गर्न विमानस्थल प्रशासनले अनुरोध गरेको हो । विमानस्थल प्रशासनले पटक पटक सूचना निकाल्दै यस्तो अनुरोध गर्दै आएको छ । तर, भीड घटेको छैन । अनावश्यक भीडले सुरक्ष चुनौती थपिने र स्वदेशी तथा विेदेशी हवाइ यात्रुको आवागमनमा असुविधा भएको समेत विमानस्थल व्यवस्थापनले जनाएको छ । विमानस्थलले यात्रु सुविधा र सुरक्ष सुनिश्चित गर्न यस्तो व्यवस्था कडाइका साथ पालना गर्न सबैसँग सहयोग मागेको छ।