सोमबार सार्वजनिक बिदा भए पनि सबै आन्तरिक राजस्व कार्यालय खुला रहने

कात्तिक मसान्तको दिन कर संकलनका हिसाबले महत्त्वपूर्ण मानिने भएकाले सबै कर कार्यालय खुला राख्ने निर्णय भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिए पनि देशभरका आन्तरिक राजस्व कार्यालय भने खुला रहने भएका छन् ।

कात्तिक मसान्तको दिन कर संकलनका हिसाबले महत्त्वपूर्ण मानिने भएकाले सबै कर कार्यालय खुला राख्ने निर्णय भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

विभागका अनुसार ‍ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र देशभरका आन्तरिक राजस्व कार्यालय खुला रहनेछन् । कर कार्यालयमा कर विवरण बुझाउने, गत आवको आय विवरण दाखिला गर्ने, आर्थिक ऐन २०८३ ले प्रदान गरेका छुट सुविधा उपयोग तथा बक्यौता फरफारक गर्ने र अन्त:शुल्कजन्य वस्तु निष्कासन गर्ने प्रयोजनका लागि करदातालाई सहजीकरणलगायत काम हुने विभागले जनाएको छ ।