राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भण्डारीले लिइन् पद तथा गोपनियताको शपथ
मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायाण प्रसाद दाहालले भण्डारीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचित लीलाकुमारी भण्डारीले पद तथा गोपनियताको शपथ लिएकी छन् ।
मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायाण प्रसाद दाहालले भण्डारीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरुको उपस्थित रहेको थियो ।
एमाले सांसद रहेकी भण्डारी सोमबारको राष्ट्रिय सभामा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । भण्डारी नेपाली कांग्रेस, नेकाप र जसपा नेपालको समर्थनमा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन् ।