वैदेशिक ऋण लिने सरकारको निर्णयप्रति राप्रपा सांसद खुस्बु ओलीको आपत्ति

उनले भनिन्, ‘हाम्रो संसद् अझै शिशु अवस्थामा छ। संसदीय समिति र उपसमितिहरू बनेका छैनन् । यस्तो अवस्थामा सरकारले गरेको निर्णय पारदर्शी नहुने सम्भावना छ ।

काठमाडौं । राप्रपाकी सांसद खुस्बु ओलीले विदेशी ऋण लिने सरकारको निर्णयप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै कुन नीतिगत बहसका आधारमा ऋण लिइएको भन्दै प्रश्न गरिन् ।

उनले भनिन्, ‘हाम्रो संसद् अझै शिशु अवस्थामा छ। संसदीय समिति र उपसमितिहरू बनेका छैनन् । यस्तो अवस्थामा सरकारले गरेको निर्णय पारदर्शी नहुने सम्भावना छ । उक्त ऋण हामीले माग गरेको थियौँ कि प्रस्ताव आएको थियो ? यसको सरकारले संसद्मा जवाफ देओस् ।’

उनले बजेट वितरणमा सरकारले एकरूपता ल्याउन पनि सरकारको ध्यानाकर्षण गराइन् ।

मध्यपूर्वको तनावको प्रभाव जनताको भान्छामा समेत परेको भन्दै पेट्रोलियम पदार्थमा लगाएको कर घटाएर भए पनि सहुलियत दिनको लागि आग्रह गरिन् ।