सानिगाड हाइड्रोको वैदेशिक रोजगारी आईपीओ बाँडफाँट

उक्त अवधिभर ८३ हजार २४६ जनाले आवेदन दिएकोमा ८३ हजार २१६ जनाले १२ लाख ३० हजार ३० कित्ताका लागि दिएको आवेदन मात्रै स्वीकृत भएको छ ।

काठमाडौं । सानिगाड हाइड्रोको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आज वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत ८ गतेदेखि चैत ११ गतेसम्म ५ लाख ७० हजार कित्ता आईपीओ खुला गरेको थियो । उक्त अवधिभर ८३ हजार २४६ जनाले आवेदन दिएकोमा ८३ हजार २१६ जनाले १२ लाख ३० हजार ३० कित्ताका लागि दिएको आवेदन मात्रै स्वीकृत भएको छ । यसरी मागभन्दा बढी मात्रामा आवेदन परेकोले गोलाप्रथा विधिद्वारा आईपीओ बाँडफाँड गरिएको हो । बाँडफाँडमा भाग्यशाली ५७ हजार जना आवेदकले १०र१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने २६ हजारभन्दा बढी आवेदकको हात रित्तिएको छ । यता कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेको आईपीओमा पर्याप्त आवेदन नपरेपछि अवधि थप भएको छ। आयोजना प्रभाविततर्फको आईपीओ पनि बाँडफाँड भइसकेपछि मात्रै सर्वसाधारणलाई आईपीओ निष्काशन गरिनेछ ।