४ अर्ब घोटाला गरेको आरोपमा गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
कार्यालयका अनुसार पक्राउ पर्नेमा सहकारीका अध्यक्ष मानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, सञ्चालक कर्णबहादुर राई र अनलिकुमार राई रहेका छन् । उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।
काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडका अध्यक्षसहित चार जनालाई बचतकर्ताको अर्बौं रकम अपचलन गरेको आरोपमा पक्राउ गरेको छ ।
कार्यालयका अनुसार पक्राउ पर्नेमा सहकारीका अध्यक्ष मानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, सञ्चालक कर्णबहादुर राई र अनलिकुमार राई रहेका छन् । उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार सहकारीमार्फत संकलित बचत रकम अपचलन गरिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। प्रारम्भिक विवरणअनुसार ३ हजारभन्दा बढी बचतकर्ताको करिब ४ अर्ब रुपैयाँ बराबरको रकम हिनामिना भएको आरोप छ। केही विवरणमा बचतकर्ताको संख्या १० हजारभन्दा बढी र अपचलन रकम ४ अर्ब ५ करोड रुपैयाँ नाघेको उल्लेख गरिएको छ । सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति तथा दायित्त्व फर्स्यौटको लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको छ । सरकारले २०८१ असार ६ गते सरकारले समस्याग्रस्त घोषणा गरेको थियो ।