क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरद्वारा राजीनामा
कम्पनीको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष मोरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका सञ्चालक समिति अध्यक्ष ऋषिराज मोरले राजीनामा दिएका छन् । मोरले दिएको दिएको राजीनामा सञ्चालक समितिबाट स्वीकृत भएको छ । कम्पनीको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष मोरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । मोरले गत २०८२ चैत ६ गते सञ्चालक समितिको सदस्य तथा अध्यक्ष पदबाट राजीनामा दिएका थिए । राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले मोरले कम्पनीको उन्नति र विकासमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै धन्यवाद समेत ज्ञापन गरेको छ ।