नयाँ जनमतलाई स्वीकार गर्दै सरकारलाई खबरदारी गरिरहन्छौं : वर्षामान पुन
नयाँ जनमतालाई स्वीकार गर्दै सरकारलाई खबरदारी गरिरहने प्रतिवद्धता नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षामान पुनले पहिलो दिनको संसद वैठकमा व्यक्त गरेका छन् ।
काठमाडौं । नयाँ जनमतालाई स्वीकार गर्दै सरकारलाई खबरदारी गरिरहने प्रतिवद्धता नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षामान पुनले पहिलो दिनको संसद वैठकमा व्यक्त गरेका छन् ।
विहीबार सिंहदरबारमा भएको संसदको पहिलो बैठकमा पुनले भने ‘परिवर्तनका लागि भएको आन्दोललाई स्वीकार गर्नुपर्छ । त्यो हामीले स्वीकार गरेर आएका छौं ।’
पुनले भने ‘हिजोको पार्टी र अग्रजले सिकाएको बोल्ने शैंलीकै कारण आज संसदमा महिला प्रतिनिधित्व उल्लेख्य देखिएको हो ।’ उनले लोकतन्त्र, गणतन्त्र र समावेशिताको मुद्दामा सम्झौता गर्न नसक्ने बताए। उनले निर्वाचनबाट आएको जनमतलाई स्वीकारेर रचनात्मक रूपमा सरकारलाई सघाउन तयार रहेको बताए।
उनले ०६४ सालमा पनि आफूहरूले अहिले रास्वपाले जस्तै मत पाएको स्मरण गर्दै सम्हालिएर अघि बढ्न आग्रह गरे। उनले विगतमा दुई तिहाइ बहुमत ल्याउँदा सदुपयोग गर्न नसकेको बताए।