सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढ्यो, चाँदीको कति ?

बुधबार छापावाल सुनको मुल्य तोलाको ७ हजार ४ सयले बढेर २ लाख ९७ हजार ६ सयमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ४ हजार ९४५ मा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रम निरन्तर जारी रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ७ हजार ४ सयले बढेर २ लाख ९७ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९० हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ४ हजार ९४५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ८४५ मा कारोबार भएको थियो ।