सोपान फर्मास्युटिकल्सको वैदेशिक रोजगारीतर्फको आइपीओ बाँडफाँड
कुल सदर आवेदनमध्ये ४२ हजार ९०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । बाँकी ४० हजार ५१ जनाको हात भने रित्तो भएको छ ।
काठमाण्डौ । सोपान फर्मास्युटिकल्सको आइपीओ बाँडफाँड गरिएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरेको हो । बिक्री प्रबन्धक एनएमबि क्यापिटल अनुसार ८२ हजार ९७९ जनाले ११ लाख ६७ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए, जसमध्ये २८ जनाको ३२० कित्ताका लागि गरिएको आवेदन बदर भएको छ । कुल आवेदनमध्ये ८२ हजार ९५१ जनाको ११ लाख ६७ हजार ७० कित्ता आवेदन भने सदर भएको छ । कुल सदर आवेदनमध्ये ४२ हजार ९०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।
बाँकी ४० हजार ५१ जनाको हात भने रित्तो भएको छ ।