प्रचण्ड संसदीय दलको नेतामा चयन

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पार्टी संयोजकसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पार्टी संयोजकसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । आइतबार बसेको नेकपाको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो। संसदमा नेकपाका १७ सांसद छन् ।