पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वमा सरकार बनेको १८ घण्टाभित्रै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका हुन् ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वमा सरकार बनेको १८ घण्टाभित्रै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो ।
ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओलीलाई ठहर गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेलगत्तै दोषी ठहर गरेलगत्तै ओलीलाई पक्राउ गर्न प्रहरी निवासमै पुगेको हो ।