५ अंकले बढ्यो नेप्से, १५ अर्ब ७८ करोडभन्दा बढीको कारोबार

नेप्से आज ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेको छ । आज ३४२ स्टकको १ लाख ५६ हजार ३८१ पटकको कारोबारमा १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार रुपैयाँबराबरको ३ करोड ८० लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

काठमाडौं । सोमबार दिनभर उतारचढावमा रहेको सेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तिममा बढेर बन्द भएको छ । नेप्से आज ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलननामा आज कारोबार रकम पनि घटेको छ । आज ३४२ स्टकको १ लाख ५६ हजार ३८१ पटकको कारोबारमा १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार रुपैयाँबराबरको ३ करोड ८० लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । अघिल्लो दिन भने २३ अर्ब ५९ करोडको कारोबार भएको भएको थियो जुन ८ महिना यताकै उच्च थियो । 

आज ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सर्मिट लेभलमा कारोबार हुनेमा सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावर रहेका छन् । त्यस्तै, आज घटेका स्टकहरुको गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ । 

कारोबार रकमका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ६७ करोड २३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको साढे ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजार बन्द हुँदा १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।