राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र, प्रमुख सचेतकमा खुश्बु

बिहीबार बसेकाे राप्रपा संसदीय दलको बैठकले शाहीलाई दलको नेता चयन गरेको हो । त्यस्तै, बैठकले संसदीय दलको प्रमुख सचेतकमा खुश्बु ओलीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको नेतामा ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही चयन भएका छन् । बिहीबार बसेकाे राप्रपा संसदीय दलको बैठकले शाहीलाई दलको नेता चयन गरेको हो । त्यस्तै, बैठकले संसदीय दलको प्रमुख सचेतकमा खुश्बु ओलीलाई नियुक्त गर्ने निर्णय गरेको छ । शाहीले फागुन २१ गतेको निर्वाचनमा जुम्लाबाट चुनाव जितेका थिए भने ओली समानुपातिक सांसद हुन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा संसदीय दलको बैठक बसेको थियो ।

राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्राप्त गरेको थियो । प्रत्यक्षमा जुम्लाबाट शाही निर्वाचित भएका थिए ।