नेप्से २८१२.३४ विन्दुमा, कारोबार १२ अर्ब ३ करोड माथि

आज नेप्से परिसूचक १३.५१ अंक बढेर २८१२.३४ विन्दुमा पुगेको छ । आज ३४० स्टकको १ लाख ६ हजार १४० पटकको कारोबारमा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार रुपैयाँबराबरको ३ करोड ४८ लाख ५२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

काठमाडौं । मंगलबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १३.५१ अंक बढेर २८१२.३४ विन्दुमा पुगेको हो । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । सोमबार ११ अर्ब ९७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३४० स्टकको १ लाख ६ हजार १४० पटकको कारोबारमा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार रुपैयाँबराबरको ३ करोड ४८ लाख ५२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । आज पनि ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सर्किट लेभलमा कारोबार हुनेमा रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेष्ट इन रहेका छन् ।

कारोबार रकमका आधारमा आज रिडी पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५६ करोड ३७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको साढे ५१ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । आज १३२ वटा कम्पनीको मूल्य बढ्दा ११३ कम्पनीको मूल्य भने घटेको छ भने १७ वटा स्थिर रहेका छन् ।