चैतका लागि ६ बैंकले अझै घटाए ब्याजदर, कुन बैंकको कति ?
चैतका लागि बैंकहरुको औसत ब्याजदर व्यक्तिगततर्फ ०.०७ प्रतिशत र संस्थागततर्फ ०.०४ प्रतिशत विन्दुले घटेको छ । चैतमा व्यक्तिगततर्फ ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशत औसत ब्याजदर कायम भएको छ । जबकि फागुनमा औसत ब्याजदर व्यक्तिगत ४.५६ प्रतिशत र संस्थागत ३.३३ प्रतिशत थियो ।
काठमाडौं । चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आज आईतबारदेखि लागू हुने गरी प्रकाशन गरिएको ब्याजदर केही बंैंकहरुले घटाएका छन् भने केहीको स्थिर छ । यसबाट फागुन महिनाको तुलनामा अधिकतम औसत ब्याजदर पनि घटेको छ ।
चैतका लागि बैंकहरुको औसत ब्याजदर व्यक्तिगततर्फ ०.०७ प्रतिशत र संस्थागततर्फ ०.०४ प्रतिशत विन्दुले घटेको छ । चैतमा व्यक्तिगततर्फ ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशत औसत ब्याजदर कायम भएको छ । जबकि फागुनमा औसत ब्याजदर व्यक्तिगत ४.५६ प्रतिशत र संस्थागत ३.३३ प्रतिशत थियो ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १४ वाणिज्य बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ब्याजदर घटाउने बैंकहरुमा नेपाल बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंक छन् ।