कालोसूचीमा पर्ने विद्यमान प्रावधान संशोधन गर्दै राष्ट्र बैंक, गभर्नर भन्छन्– अध्ययन भइरहेको छ
नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको बताएका छन् । उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिएका हुन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको बताएका छन् । उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिएका हुन् ।
‘‘चेक ब्याउन्स हुने वित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौँ । कालोसूचीमा पर्नेहरुको सूची छोटो कसरी बनाउने विषयमा लागिरहेका छौँ । चेक बाउन्स र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै मानिस कालोसूचीमा पर्ने गरेको देखिएको छ,’’ उनले भने ‘‘कालोसूचीमा राख्नुपर्ने कति हुन । कालोसूचीमा नराख्नुपर्ने कति हुन भन्ने विषयमा हामीले हेरिराखेका छौं। यसको बारेमा मैले विस्तृत रुपमा हेरिरहेको छु ।’’
गर्भनर पौडेलले धेरै कडाइ गरेर वा थुनेर मात्रै व्यापाररव्यवसाय मात्रै नभएर मुलुक पनि नचल्ने बताए ।
गर्भनर पौडेलले धेरै कडाइ गरेर वा थुनेर मात्रै व्यापार व्यवसाय मात्रै नभएर मुलुक पनि नचल्ने पनि बताए। ‘व्यवसाय भनेको कलेज पढाएर मात्रै पुग्ने हुँदैन। त्यो व्यापार हुनका लागि विभिन्न खालका हन्डर र ठक्कर खाएपछि मात्रै व्यवस्थित ढङ्गले अघि बढ्ने हुँदा पनि त्यसलाई व्यवस्थित गराउनेतर्फ अग्रसर हुन जरुरी छ,’ उनले भने, ‘व्यवसायीलाई गाली गरेर मात्रै मुलुकको विकास नहुनेतर्फ पनि ध्यान दिन जरुरी छ। त्यसैले व्यवसायीलाई प्रवद्र्धन गरेर अघि बढाउन जरुरी छ।’
नेपालका आइटी कम्पनीलाई विदेशीमुलुकमा लगानी गर्नका लागि पनि सहज वातावरण बनाउँदै आइरहेको उनले दाबी गरे ।