लगातार दोस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम १३ अर्बमा खुम्चियो

आज नेप्से परिसूचक ४६.७८ अंक घटेर २७९६.५७ विन्दुमा झरेको छ । आज ३२९ कम्पनीका ३ करोड ६० लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौं । बुधबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च ले अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक ४६.७८ अंक घटेर २७९६.५७ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आज ३२९ कम्पनीका ३ करोड ६० लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। हिजो भने ३२९ कम्पनीका ५ करोड २७ लाख कित्ता सेयर २१ अर्ब ५० करोड रुपैयाँमा कारोबार भएको थियो । 

आज सालपा विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो बैंकको सेयरमूल्य यस दिन ७८ रुपैयाँ ४० पैसा बढेर ८६२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै,आज नेशनल हाइड्रोपावरको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको कालिका पावर कम्पनीको सेयरमूल्य आज सर्वाधिक ८.४७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ८५ करोड ९४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको ५१ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

आज ३४ कम्पनीको मूल्य बढ्दा २२५ को घट्यो भने ३ को स्थिर रह्यो ।