रबिन्द्र मिश्रको निर्वाचन खर्च २३ लाख ९७ हजार

जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा दर्ता गरिएको विवरण अनुसार मिश्रले निर्वाचनका क्रममा कुल २३ लाख ९७ हजार ४०२ रुपैयाँ खर्च गरेका छन् ।

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवार रहेका रवीन्द्र मिश्रले आफ्नो चुनावी खर्चको पूर्णविवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा दर्ता गरिएको विवरण अनुसार मिश्रले निर्वाचनका क्रममा कुल २३ लाख ९७ हजार ४०२ रुपैयाँ खर्च गरेका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम उनले बुझाएको विवरणमा सचिवालय सञ्चालनदेखि प्रचारप्रसारसम्मका ९ वटा शीर्षकमा खर्च भएको देखाइएको छ । 

उनले सचिवालयव्यवस्थामा ८ लाख ५० हजार रुपैयाँ खर्च भएको जनकारी दिएका छन् । विविध मिडिया र ग्राफिक्स उत्पादनमा ५ लाख ५० हजार खर्च भएको सार्वजनीक विवरणमा उल्लेख छ । घरदैलो र खानामा कार्यक्रममा १ लाख ५० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । त्यस्तै सवारी साधन र इन्धनमा २ लाख ५० हजार खर्च भएको छ भने सामुहिक अन्तरक्रियामा २ लाख ४० हजार खर्च भएको विवरण सार्वजनिक भएको छ । प्रचार प्रसार सामाग्रीमा १ लाख १२ हजार , ठुलो स्पिकर खरिदमा ६० हजार , रेडियो विज्ञापनमा ५४ हजार र प्रचारप्रसारक टीम धन्यवाद र विविधमा १ लाख ३० हजार खर्च भएको विवरण सार्वजनिक भएको हो ।