हर्क साम्पाङका प्रतिस्पर्धी डा. रक्षकुमार राईको चुनाव खर्च ४० हजार ७४० रुपैयाँ मात्र
निर्वाचनमा ४० हजार ७४० रुपैयाँ खर्च गरेका रक्षकुमारले भने १७ भोट मात्र पाएका छन् । उनले चाउमिन १० प्लेट, मम १२ प्लेट, पानी १ वटा, कोक ५ वटा स्टिम मम २० वटा जुस १० वटा खाना १०० वटा र पेट्रोल ५० लिटर बराबरको उक्त रकम खर्च भएको विवरण बुझाएका छन् ।
काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका मितेरी पार्टी नेपालका डा. रक्षकुमार राईले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनले चुनाव प्रचारका क्रममा कुल ४० हजार ७४० रुपैयाँ खर्च गरेका छन् ।
उनले चाउमिन १० प्लेट, मम १२ प्लेट, पानी १ वटा, कोक ५ वटा स्टिम मम २० वटा जुस १० वटा खाना १०० वटा र पेट्रोल ५० लिटर बराबरको उक्त रकम खर्च भएको विवरण बुझाएका छन् ।
उनी उम्मेदवार रहेको सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन् । उनले ३५ हजार ७४१ भोट ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रास्वपा गोपाल तामाङले २७ हजार २४९ मत पाए । निर्वाचनमा ४० हजार ७४० रुपैयाँ खर्च गरेका रक्षकुमारले भने १७ भोट मात्र पाएका छन् ।
डा.राईले भड्किलो प्रचारप्रसारमा खर्च नगरेको र त्यसरी बचेको रकम युवा रोजगारीमा लगाउने घोषणा गरेका छन् । आयोगमा पेस गरिएको फारमको नोटमा उनले अनावश्यक भौतिक प्रचार सामग्रीको खर्च कटौती गरी उक्त रकम युवालाई रोजगारी दिलाउन प्रयोग गर्ने उल्लेख गरेका छन् ।