दुई हाइड्रोपावर कम्पनीले पाए आइपीओ निष्कासनको अनुमति, कुनले कति ?

नेपाल धितोपत्र बोर्डले कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रोलाई आइपीओ जारी गर्न अनुमति दिएको हो ।

काठमाडौं । दुई हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रोलाई आइपीओ जारी गर्न अनुमति दिएको हो ।  

कालंगा हाइड्रोले अंकित मूल्य १०० रुपैयाँ दरको ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले आजै बोर्डबाट स्वीकृति पाएको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको लागि सानिमा क्यापिटल रहेको छ ।  

त्यस्तै सानीगड हाइड्रोले पनि अंकित मूल्य १०० रुपैयाँ दरकै ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको हो ।  

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको लागि लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।