अर्थमन्त्री रामेश्वर खनालले फिर्ता गरे रातो पासपोर्ट
अर्थमन्त्री रामेश्वर खनालले रातो पासपोर्ट फिर्ता गरेका छन् । खनालले मन्त्रालयको प्रशासन महाशाखालाई अर्थमन्त्रीको हैसियतमा प्राप्त गरेको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले उक्त राहदानी फिर्ता गरेका हुन् ।
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले रातो पासपोर्ट फिर्ता गरेका छन् । खनालले मन्त्रालयको प्रशासन महाशाखालाई अर्थमन्त्रीको हैसियतमा प्राप्त गरेको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले उक्त राहदानी फिर्ता गरेका हुन् ।
पासपोर्ट फिर्ता गरिदिन खनालले मन्त्रालयको महाशाखालाई पत्र लेखेका छन् । पत्रमा भनिएको छ, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीप्रयोजन समाप्त भएकोले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु ।’
कूटनीतिक राहदानी सामान्यतया मन्त्री, उच्च सरकारी पदाधिकारी तथा कूटनीतिक जिम्मेवारीमा रहेका व्यक्तिलाई दिइने विशेष प्रकारको राहदानी हो, जुन पद समाप्त भएपछि फिर्ता गर्नुपर्ने प्रावधान छ ।