सोमबार सकारात्मक सर्किट ब्रेक लागेको नेप्सेमा मंगलबार सुरुमै भारी गिरावट

मंगलबार कारोबार खुलेको ३० मिनेटमै सेयर बजार परिसूचक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ४८.६०अंकले घटेर २८२६.८२ बिन्दुमा कायम भएको छ । समाचार तयार पार्दासम्म नेप्सेमा ७ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

काठमाडौं । सोमबार तीन पटक सकारात्मक सर्किट लागेर बन्द भएको बजारमा आज भने भारी अकंले गिरावट देखिएको छ । 

मंगलबार कारोबार खुलेको ३० मिनेटमै सेयर बजार परिसूचक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ४८.६०अंकले घटेर २८२६.८२ बिन्दुमा कायम भएको छ । समाचार तयार पार्दासम्म नेप्सेमा ७ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार भने कारोबार खुल्नसाथ नेप्से चार प्रतिशत अर्थात् १०८ अंकले बढेर २८२१ बिन्दुमा पुग्यो । कारोबार खुल्नसाथ चार प्रतिशतको वृद्धिपछि २० मिनेट स्थगित भएर खुलेको कारोबार फेरि पाँच प्रतिशत अर्थात् १३५ अंकले बढ्दै दोस्रो सर्किट ब्रेक लाग्यो । दोस्रो सर्किट ब्रेक लागेर त्यसको ४० मिनेपछि खुलेको बजार पनि फेरि छ प्रतिशतको वृद्धि भएर सोमबारका लागि कारोबार बन्द भयो । समग्रमा सोमबार नेप्से १६२।९३ अंकले बढ्दै २८७५।४३ बिन्दुमा उक्लिएको थियो ।

सोमबार नेप्सेमा कुल ५५ करोड ५९ लाखको कारोबार हुँदा २५२ कम्पनीको सेयर मूल्य बढ्यो । यद्यपि, एक कम्पनीको सेयर मूल्य भने घट्यो ।