प्रि ओपन सेसन अपडेटः साढे ४४ अंक बढ्यो नेप्से
आज प्रि ओपन सेसनमा ४४.६३ अंक बढेर २७५७.१२ विन्दुमा पुगेको छ ।
प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४४ अंकले बढेको छ । आज प्रि ओपन सेसनमा ४४.६३ अंक बढेर २७५७.१२ विन्दुमा पुगेको छ । जसमध्ये १८८ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ । बाँकी ३ स्टकको मूल्य भने स्थिर रहेको छ ।