जानकी फाइनान्सको सीईओमा दोहोरिए शर्मा, ऋणात्मक पुँजी कोष टाउको दुखाई

शर्माकालागि ऋणात्मक पुँजी कोष (-६.५३ प्रतिशत) लाई सकारात्मक बनाउनु मुख्य चुनौति रहेको छ । पुँजी कोष ऋणात्मक हुँदा नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही अन्तर्गत लाभांश वितरणमा रोक, शाखा विस्तारमा रोकदेखि लिएर नयाँ निक्षेप सङ्कलन र कर्जा प्रवाहमा समेत प्रतिबन्ध लगाउन सक्छ ।

काठमाडौं । जानकी फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः दिनेश कुमार शर्मा नियुक्त भएका छन् । कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो । शर्माका दोस्रो कार्यकाल फागुन २९ गतेबाट लागू हुने छ भने उनले त्यहाँ अर्को ४ वर्ष विताउने छन् ।