तोलामा २५ सयले बढ्यो सुनको मूल्य, चाँदी भने घट्यो

महासंघका अनुसार, आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ तोकिएको छ । चाँदी आज ५ हजार ८१५ रुपैयाँ तोकिएको छ ।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य २५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार, आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन भने सुन ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, आज चाँदी तोलाको २०५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ६ हजार २० रुपैयाँमा किनबेच भएको चाँदी आज ५ हजार ८१५ रुपैयाँ तोकिएको छ ।