१९.२७ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ६४ करोड माथि

आइतबार नेप्से परिसूचक १९.२७ अंक बढेर २६७४.२० विन्दुमा पुगेको हो । आज ३४१ स्टकको ५५ हजार २०६ पटकको कारोबारमा ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से परिसूचक १९.२७ अंक बढेर २६७४.२० विन्दुमा पुगेको हो । 

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४ अर्ब १७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३४१ स्टकको ५५ हजार २०६ पटकको कारोबारमा ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । 

आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, बाराही हाइड्रोपावर पब्लिकको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको । कारोबारमा आएको हिम स्टार उर्जा कम्पनीको सेयरमूल्य सर्वाधिक ४।१६ प्रतिशत घटेको छ । 

कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३६ करोड ५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, अपि पावर कम्पनीको ३३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।