पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

पाल्पा सिमेन्ट इन्डस्ट्रिजले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारण समूहका लागि गत फागुन १२ गतेदेखि कुल ४५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

काठमाण्डौ । पाल्पा सिमेन्ट इन्डस्ट्रिजसर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारण समूहका लागि गत फागुन १२ गतेदेखि कुल ४५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

निष्कासनमध्ये २ लाख ८१ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ । साथै, लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस ९ गते प्रतिकित्ता रु. १०० अंकित दरमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

उक्त स्वीकृतिअनुसार कम्पनीले पहिलो चरणमा पुस २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गरिसकेको छ ।