आइजीआई प्रुडेन्सियलको आईजीआई कम्पेल्स आयो सञ्चालनमा, बीमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिनुपर्छः महासंघ अध्यक्ष ढकाल

नवनिर्मित भवन आधुनिक डिजाइन, सुविधा सम्पन्न कार्यक्षेत्र, डिजिटल सेवा प्रणाली तथा सेवाग्राही मैत्री वातावरण सहित तयार गरिएको र यस मार्फत कम्पनीले छिटो, प्रभावकारी र विश्वसनीय बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको नयाँ केन्द्रीय कार्यालय आईजीआई कम्पेल्सको उद्घाटन गरेको छ । कम्पनीको संस्थागत सुदृढिकरण, सेवा विस्तार र प्रविधिमैत्री पूर्वाधार विकासको लक्ष्यलाई मुर्तरुप दिने उदेश्य सहित निर्माण गरिएको यस अत्याधुनिक भवनको संयुक्त रुपमा रिबन काटी उद्घाटन गरिएको छ ।

उक्त शुभअवसरमा कम्पनीका अध्यक्ष्य हेम राज ढकाल, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा कम्पनीका संस्थापक शेयरधनी चन्द्र प्रसाद ढकाल तथा नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष, कम्पनीका संचालक समितिका पदाधिकारीद्धारा संयुक्त रुपमा रिबन काटी भवनको उद्घाटन गरिएको थियो ।

काठमाण्डौं महानगरपालिका, वडा नम्बर ३, पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटमा २ तल्ला पार्किङ्ग सहित १२ तल्लाको भव्य भवन उद्घाटन कार्र्यक्रममा सम्बोधन गर्दै कम्पनीका अध्यक्ष हेम राज ढकालले भवनले कम्पनीको आगामी रणनीतिक लक्ष्य, दिगो विकासको प्रतिवद्धता, ग्राहक केन्द्रीत सेवामा थप ऊर्जा प्रदान गर्ने, विश्वसनीयता, पारदर्शिता र नवप्रवद्र्धनमा आइजीआई पु्रडेन्सियलले सधैं अग्रसर रहने बताए ।

कार्यक्रममा ढकालले नवनिर्मित भवन आधुनिक डिजाइन, सुविधा सम्पन्न कार्यक्षेत्र, डिजिटल सेवा प्रणाली तथा सेवाग्राही मैत्री वातावरण सहित तयार गरिएको र यस मार्फत कम्पनीले छिटो, प्रभावकारी र विश्वसनीय बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको जानकारी दिए ।



सोही अवसरमा नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीले शुभकामना मन्तव्य व्यक्त गर्दै कम्पनीको यो विशाल प्रगती भएकोमा आफू हर्शित भएको र कम्पनीको उत्तरोतर प्रगतीको शुभकामना दिए । सोही अवसरमा नेपाल बीमक संघका अध्यक्षद्धारा कम्पनीको यो स्तरको भवनले सम्पूर्ण बीमा क्षेत्रलाई नै गौरवान्वित बनाएको र बीमा क्षेत्रमा कम्पनीको आगामी दिन अझै प्रगतीउन्मुख रहोस भनि शुभकामना दिए ।

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, आइएमई ग्रुप अफ कम्पनीका अध्यक्ष तथा आइजीआईका संस्थापक सेयरधनी चन्द्र प्रसाद ढकालले विगद ११ बर्षमा कम्पनीमा आएको परिवर्तन तथा आज यो आईजीआई कम्पेल्सको भवनको उद्ध्घाटनमा सरिक हुन पाउँदा गौरव महशुस भएको र इमान्दारीताका साथ काम गर्दा उन्नती अवश्य हुन्छ भनि कम्पनीलाई उदाहरणको रुपमा लिन सकिने बिचार व्यक्त गरे ।

साथै बीमा बजारको विस्तारको लागि नियामकीय निकायको ठूलो भुमिका रहनेछ भन्दै नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको उन्नती र प्रगतीको लागि राम्रो अविभावकको रुपमा आफूलाई प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।